२०८२ वैशाख २१ गते आइतवार / May 04 , 2025 , Sunday
२०८२ वैशाख २१ गते आइतवार
Ads

घोडा दौड प्रतियोगितामा मनोज यादव प्रथम

महमद सदाब
२०८२ वैशाख २० गते २२:१०
घोडा दौड प्रतियोगितामा मनोज यादव प्रथम

वीरगन्ज : ब्रह्म बाबा संचालक सेवा समिति नगवा र बी.पी. कोइराला युवा नेतृत्व विकास मञ्चको संयुक्त आयोजनामा वीरगन्जको नगवा १६ मा घोडा दौड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा भारत, बिहार कोतवाका मनोज यादवले प्रथम स्थान हासिल गरेका छन् । 

कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष प्रभु चौरसीयाले गरेका थिए भने प्रमुख अतिथि नेपाली कांग्रेस पर्साका अध्यक्ष तथा मधेश प्रदेशका भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री रहेका थिए ।

विशिष्ट अतिथिहरूमा जिल्ला समन्वय समितिका अध्यक्ष अजय सराफ र वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम थिए । उपमेयर आलमले भारतबाट सहभागी प्रतियोगीहरूलाई धन्यवाद दिँदै यस्ता लोपोन्मुख घोडा दौड प्रतियोगिताले नयाँ पुस्ता, सीमावर्ती क्षेत्र र विदेशी पर्यटकहरूलाई आकर्षित गर्ने बताए । 

प्रतियोगितामा नेपाल र भारतका २० भन्दा बढी घोडाहरू सहभागी थिए । तीन चरणमा सम्पन्न दौडमा भारत, बिहारका यादव प्रथम, मोतिहारीका सोनु यादव द्वितीय र वीरगन्ज छपकैयाका बिचारी यादव तृतीय भएका छन् । विजेताहरूलाई शिल्ड र विभिन्न इलेक्ट्रोनिक सामग्री पुरस्कारस्वरूप प्रदान गरिएको थियो । 

ADV

सम्बन्धित खबर