२०८२ वैशाख २१ गते आइतवार / May 04 , 2025 , Sunday
२०८२ वैशाख २१ गते आइतवार
Ads

तमु (गुरुङ) समाज कतारको अध्यक्षमा दिनेश सर्वसम्मत चयन

तिलु शर्मा पौडेल
२०८२ वैशाख २० गते २२:०७
तमु (गुरुङ) समाज कतारको अध्यक्षमा दिनेश सर्वसम्मत चयन

दोहा कतार : तमु (गुरुङ) समाज कतारको ११औँ अधिवेशन चन्द्र प्रसाद गुरुङ (दिनेश) को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गर्दै सकिएको छ । 

समुद्घाटन र बन्द सत्र गरी दुई चरणमा सम्पन्न अधिवेशनको बन्द सत्रबाट नयाँ कार्यसमितिका प्रथम उपाध्यक्षमा प्रथम उपाध्यक्ष ओमराज गुरुङ, दित्तीय उपाध्यक्ष ज्ञानु गुरुङ (डिजन) तृतीय उपाध्यक्ष सिला गुरुङ, महासचिव धन गुरुङ सचिबद्धय दुर्गा गुरुङ र सुजन गुरुङ, कोषाध्यक्ष चन्द्र प्रकाश गुरुङ, सह– कोषाध्यक्ष परमेश्वर गुरुङ रहेका छन् । 

त्यस्तै समाज मातहत रहेको बचत कोषको संयोजक प्रकाश गुरुङ, सांस्कृतिक अध्यक्ष उदय गुरुङ, खेलकुद अध्यक्ष प्रेम गुरुङ, महिला संयोजक तिलमाया गुरुङ, पूर्वाञ्चल संयोजक श्री गुरुङ, पश्चिमाञ्चल संयोजक राजकुमार गुरुङ, प्हे ता ल्हु ता संयोजक धिरज गुरुङ  रहेका छन् । त्यस्तै सदस्यहरूमा बलबहादुर गुरुङ, पुष्पा गुरुङ, सम्झना गुरुङ (सी), दिलीप गुरुङ, मुस्कान गुरुङ, सुजन गुरुङ रहेका छन् । अधिवेशनको समुद्घाटन सत्र नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष तथा तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद् र अन्तर्राष्ट्रिय तमु परिषद्का पूर्व अध्यक्ष रेसम गुरुङको प्रमुख आतिथ्यता तथा समाजकी अध्यक्ष टौमाया गुरुङको सभाध्यक्षतामा सम्पन्न भएको हो ।  

अधिवेशनमा आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि गुरुङले नेपालमा आदिवासी जनजातिको आन्दोलनमा नेपालीहरूको साथको अपरिहार्यता तथा आवश्यकता औँल्याए । 

जनजातिको इतिहास, आन्दोलन र उपलब्धिको व्याख्यामै लामो समय खर्चिएका गुरुङले नेपालमा मुख्यतया जनजाति भाषाको प्रयोग र जातको समस्या रहेको बताउँदै उनले आदिवासीहरूले समानता चाहेको बताउँदै पछाडि पारिएकालाई अगाडी नल्याएसम्म देशमा विकास सम्भव नहेरेको बताए । उनले तमु प्ये ल्हु संघ र तमु समाजबीच नीति तथा कार्यगत एकता हुनुपर्ने बताए ।

कार्यक्रम र समाजका बारेमा समाजका द्धितीय उपाध्यक्ष ओमराज गुरुङले जानकारी गराउँदै समाज २१औं वर्षमा प्रवेश गरेको बताए ।

स्वागत नृत्यसहित अगाडि बढेको अधिवेशनका सहजकर्ता तथा महासचिव डिजन गुरुङले संस्थागत कार्यप्रगति विवरण पेस गरेका थिए ।

कतारमा स्थापित विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि सहित तमुहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा आफ्ना धारणा राख्दै नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष राकेश श्रेष्ठले कतारमा समान्तर रूपमा गठित सोही प्रकृतिको अर्को महासंघ वैधानिक रूपमा खारेज भएको ब्यहोराको पत्र महासंघलाई प्राप्त भएको बताए । 

आफ्ना धारणा तथा संस्थागत शुभकामना मन्तव्य राख्दै गैरआवासीय नेपाली संघ कतारका कार्यवाहक अध्यक्ष कृष्ण पन्थीले नेपाली कला संस्कृतिको प्रवद्र्धन गर्दै गर्दा कतारको कानुनको अक्षरशः पालना गर्न आग्रह गरे ।
उनले एनसीसी कतारलाई कतार सरकार मातहत दर्ता गर्नका लागी नेपाली दूतावास मार्फत पहल भइरहेको बताए । 
दर्जन भन्दा बढी वक्ताहरूले शुभकामना मन्तव्य राख्दै कतारमा महिलाले सामुदायिक संस्थाको नेतृत्व लिँदै कुशलतापूर्वक  कार्यकालको अवतरण गरेको भन्दै प्रशंसा गरेका थिए । समुद्घाटन कार्यक्रममार्फत समाजको दशौं कार्यकाल भरी विभिन्न कोणबाट सहयोग गर्ने सहयोगी, सहकार्य गर्ने संघसंस्था तथा पत्रकारहरूलाई सम्मान गरिएको थियो । 

समुद्घाटन कार्यक्रमको समापन गर्दै सभाध्यक्ष गुरुङले दशौं कार्यकालको गत ल्होछार कार्यक्रम तमु प्ये ल्हु सँग मिलेर मनाउन नपाएकोमा खिन्नता प्रकट गरिन्  । उनले गुरुङभित्रका कतिपयले प्ये ल्हु र तमु समाज भिन्न संस्था भएको बुझेरै पनि आफ्ना राष्ट्रिय चाडपर्व एकैसाथ मनाउने वातावरणको सिर्जना गर्नुको सट्टा चलखेल गरेको प्रति दुःख व्यक्त गरिन् 
 

ADV

सम्बन्धित खबर