२०८२ भदौ ८ गते आइतवार / Aug 24 , 2025 , Sunday
२०८२ भदौ ८ गते आइतवार
Ads

एनआइसीका ग्राहकलाई ल्यान्डमार्क होटलमा छुट

shivam cement
मध्यान्ह
२०८२ भदौ ८ गते २०:५०
एनआइसीका ग्राहकलाई ल्यान्डमार्क होटलमा छुट

काठमाडौं : एनआइसी एसिया बैंकका ग्राहकलाई ल्यान्डमार्क होटल एन्ड रिसोर्टको सेवामा विशेष छुट हुने भएको छ । बैंक र उक्त होटलबीच छुट दिने सम्झौता भएको हो ।

सो समझदारीसँगै बैंकका ग्राहकले देशका विभिन्न ठाउँमा सञ्चालनमा रहेको सो रिसोर्टमा सेवा लिएर डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने जनाइएको छ । यस्तै, बैंकका ग्राहकले खाना तथा पेय पदार्थमा १० प्रतिशत र आवास सेवा लिँदा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । 

पोखरा, तनहुँ, काठमाडौं, भैरहवा, भरतपुर र चितवनमा सञ्चालनमा रहेको सो रिसोर्टबाट सो छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ । तर, सुविधा उपभोगका लागि ग्राहकले बैंकको डेबिट–क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबाइल बैंक एपमार्फत भुक्तानी गर्नुपर्नेहुन्छ ।

ADV

सम्बन्धित खबर

Advertise