२०८२ भदौ ८ गते आइतवार / Aug 24 , 2025 , Sunday
२०८२ भदौ ८ गते आइतवार
Ads

राष्ट्रिय वाणिज्य बैंकले ल्यायो कर्जामा चाडपर्व अफर

shivam cement
मध्यान्ह
२०८२ भदौ ८ गते २०:४८
राष्ट्रिय वाणिज्य बैंकले ल्यायो कर्जामा चाडपर्व अफर

काठमाडौं : राष्ट्रिय वाणिज्य बैंकले चाडपर्व लक्षित गरेर कर्जामा अफर ल्याएको छ । बैंकले घरकर्जा, विद्युतीय सवारीसाधन कर्जा र इन्धन प्रयोग हुने सवारीसाधन खरिद कर्जामा विभिन्न अफर ल्याएको बैंकका सूचना अधिकारी पवन रेग्मीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैंकले घर कर्जा २० वर्ष अवधिका लागि ६ दशमलव ३० प्रतिशतमा ५ करोडसम्म प्रदान गर्न सकिने उल्लेख गरेको छ । यसैगरी, विद्युतीय सवारीसाधन खरिद गर्न सात वर्ष अवधिका लागि ६ दशमलव १० प्रतिशत ब्याजदरमा १ करोडसम्म र इन्धन प्रयोग हुने सवारीसाधन खरिदमा ६ दशमलव ८० प्रतिशत ब्याजदरमा सात वर्षसम्मका लागि १ करोडसम्म कर्जा प्रवाह गर्न सकिने विज्ञप्तिमा उल्लेख गरेको छ । 

बैंकले चाडपर्वको समयमा सवारीसाधन तथा घर खरिद गर्नेको संख्या अधिक रहने भएका कारण सेवाग्राहीलाई सहज होस् भन्ने उद्देश्यका साथ चाडपर्व विशेष कर्जा अफर ल्याएको हो ।

ADV

सम्बन्धित खबर

Advertise