२०८२ भदौ ९ गते सोमवार / Aug 25 , 2025 , Monday
२०८२ भदौ ९ गते सोमवार
Ads

क्याम्ब्रिज इन्टरनेशनलको नतिजाः नेपाली विद्यार्थीको उपलब्धि सराहनीय

shivam cement
मध्यान्ह
२०८२ भदौ ८ गते २१:५६
क्याम्ब्रिज इन्टरनेशनलको नतिजाः नेपाली विद्यार्थीको उपलब्धि सराहनीय

काठमाडौं : क्याम्ब्रिज इन्टरनेशनल एजुकेशनले जुन २०२५ को परीक्षा नतिजा सार्वजनिक गरेको छ । यस वर्ष ६ लाख ८० हजारभन्दा बढी विद्यार्थीले नतिजा प्राप्त गरेका छन्, जुन गत वर्षको तुलनामा ९ प्रतिशतले वृद्धि भएको हो ।

नेपालमा समेत २२ विद्यालयका ४ हजारभन्दा बढी विद्यार्थीले क्याम्ब्रिज आइजिसीएसइ, ओ लेभल, इन्टरनेशनल एस र ए लेभल परीक्षा दिएका थिए । विशेषगरी इन्टरनेशनल र ए लेभलमा प्रवेश गत वर्षको तुलनामा ४ प्रतिशतले बढेको क्याम्ब्रिजले जनाएको छ । नेपाली विद्यार्थीहरूले यसपटक गणित, भौतिकशास्त्र, इंलिस जेनरल पेपर, रसायनशास्त्र र कम्प्युटर विज्ञान विषयमा बढी सहभागिता जनाएका छन् । क्याम्ब्रिजका दक्षिण एशियाका वरिष्ठ उपाध्यक्ष विनय शर्माले नेपालका विद्यार्थीहरूको उपलब्धि सराहनीय रहेको बताए । उनले भने, ‘विद्यार्थीहरूको मेहनत र उपलब्धि मनाउन पाउँदा हामी उत्साहित छौं । अभिभावकहरूले अन्तर्राष्ट्रिय शिक्षालाई दिन प्रतिदिन महत्व दिइरहनु उत्साहजनक छ ।’

त्यसैगरी क्याम्ब्रिज दक्षिण एशियाका वरिष्ठ प्रबन्धक सत्यजीत सरकारले विद्यार्थीहरूको निरन्तर सफलताले उनीहरूको समर्पण, कडा मेहनत र विद्यालय–परिवारको सहयोग झल्काएको बताए । पछिल्ला पाँच वर्षमा नेपालमा क्याम्ब्रिज परीक्षा दिने विद्यालयको संख्या ३८ प्रतिशतले बढेको छ भने विद्यार्थी प्रवेश ७४ प्रतिशतले वृद्धि भएको छ । जुन २०२५ मा मात्रै १४९ देशका ५,५०७ विद्यालयले परीक्षा प्रवेश दर्ता गरेका थिए । १६० वर्षभन्दा बढीको अनुभव भएको क्याम्ब्रिज इन्टरनेशनलले हरेक वर्ष करिब २० लाख विद्यार्थीलाई सेवा पुर्‍याउँदै आएको छ ।

ADV

सम्बन्धित खबर

Advertise