२०८२ भदौ ८ गते आइतवार / Aug 24 , 2025 , Sunday
२०८२ भदौ ८ गते आइतवार
Ads

सद्‍भाव युवा समाज कतारको आयोजनामा दर खुवाउने कार्यक्रम सम्पन्न

shivam cement
तिलु शर्मा पौडेल
२०८२ भदौ ८ गते १८:३९
सद्‍भाव युवा समाज कतारको आयोजनामा दर खुवाउने कार्यक्रम सम्पन्न

दोहा, कतार : कतारमा रहेर कतार एयरवेजमा कार्यरत श्रमिकहरूको अग्रसरतामा स्थापित श्री सद्‍भाव युवा समाज कतारले पहिलो पटक दर खुवाउने कार्यक्रम सम्पन्न गरेको छ । नेपाली नारीहरूको महान् पर्व हरितालिका तिजको अवसर पारेर शनिबार साँझ नेपाली महिला समाज कतारकी अध्यक्ष माया केसीको प्रमुख आतिथ्यता तथा समाजका अध्यक्ष विजय गुरुङको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेपालबाट आमन्त्रित लोक तथा दोहोरी गायिकाद्वय टिका पुन र रेजिना परियारले सांगीतिक प्रस्तुति दिएका थिए । परियारले 'भुल परे दाइ म त'सहित केही आफ्ना चर्चित गीत गाइन् भने पुनले माइतीको देशलगायतका तिजका गीतहरू गएकी थिइन् । संगीतमय माहोलमा दर खुवाउँदै सम्पन्न कार्यक्रममा कतारमा रहेका केही कलाकारले सांगीतिक प्रस्तुति दिएका थिए । तिज विशेष भएका कारण कार्यक्रममा सरिक सबै संघसंस्थाका महिला प्रतिनिधि, पत्रकार, प्रमुख अतिथिसहित सांगीतिक प्रस्तुति दिने सबै कलाकारहरूलाई दोसल्ला ओढाएर कदर पत्रद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि केसीले सद्‍भावले वास्तवमै आफ्ना सत्कर्ममा विशेष इँटा थपेको बताउँदै दर खुवाएर चेलीहरूलाई आफ्नो पन दर्साउनु भएकोमा खुसी व्यक्त गरिन् । समाजका सचिव नवीन अर्याल र महासचिव चित्रबहादुर गुरुङले मिलेर सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभाध्यक्ष गुरुङले तिज नारी सशक्तीकरणको बिन्दु रहेको बताए । उनले सद्‍भाव समाजमा चेलीबेटी नभए पनि कतारमा रहेका चेलीबेटीको माइती बन्न सकिन्छ भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा रुष्तम तामाङले स्वागत मन्तव्य राखेका थिए ।

ADV

सम्बन्धित खबर

Advertise