२०८२ भदौ ८ गते आइतवार / Aug 24 , 2025 , Sunday
२०८२ भदौ ८ गते आइतवार
Ads

सुटकेसबाट बरामद शवको पहिचान खुल्यो

shivam cement
धर्मेन्द्रकुमार साह
२०८२ भदौ ८ गते ०९:४२
सुटकेसबाट बरामद शवको पहिचान खुल्यो

गौर : गौरमा सुटकेसबाट बरामद भएको शवको पहिचान खुलेको छ ।  रौतहटको गौर नगरपालिका– ९  गौर सिरसिया सडक किनारमा सुटकेसभित्र भेटिएको महिलाको शवको सनाखत भएको हो  ।

सुटकेसमा डोरीले बाँधिएको अवस्थामा भेटिएको शव रौटहटको माधवनारायण नगरपालिका- २ महादेवपट्टी माइत भएकी २६ वर्षीया रुवीकुमारी साहको भएको पुष्टि भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार साहको भारतको मजफरपुरमा विवाह भएको थियो । उनी हाल माइतीमा बस्दै आएकी थिइन् । उनी हिजो साँझ ६ बजेदेखि सम्पर्कविहीन बनेको पारिवारिक श्रोतले जनाएको छ  l ब्युटीपार्लर जान्छु भनेर हिडेकी उनी ६ बजेपछी सम्पर्कविहीन भएकी थिइन् l 

शव गएराति गौर नगरपालिका- ९ स्थित गौर–सिरसिया सडकखण्डस्थित दिव्यज्योति स्कुलको गेटनजिकै भेटिएको थियो । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise