२०८२ वैशाख २१ गते आइतवार / May 04 , 2025 , Sunday
२०८२ वैशाख २१ गते आइतवार
Ads

राष्ट्रिय युवासंघ बझाङको अध्यक्षमा सिंह

सत्यराज सिंह
२०८२ वैशाख २० गते २१:२६
राष्ट्रिय युवासंघ बझाङको अध्यक्षमा सिंह

बझाङ : एमाले निकट राष्ट्रिय युवासंघ नेपाल जिल्ला कमिटी बझाङको १०औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले युवासंघको नयाँ नेतृत्व चयन गरेको छ । अध्यक्षमा धिरेन्द्र बहादुर सिंह, उपाध्यक्षमा सपना बोहरा  चयन भएका छन् ।

सचिवको जिम्मेवारी उमेश रावलले लिएका छन् भने सह–सचिवमा कृष्ण बहादुर विष्ट र पवन बोहरा चयन भएका हुन् । यस्तै कोषाध्यक्षमा बिष्णु बोहरा चयन भएका छन् ।

अधिवेशनले ३१ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो । अधिवेशनको शुक्रबार युवासंघका प्रदेश सह–इन्चार्ज गणेश थापाले उद्घाटन गरेका थिए ।
 

ADV

सम्बन्धित खबर