२०८३ मंसिर २ गते बुधवार / Nov 18 , 2026 , Wednesday
२०८३ मंसिर २ गते बुधवार

एमालेको राष्ट्रिय भेलामा पाँच नेताले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्ने

Nada
२०८३ मंसिर १ गते १६:५६
Shares
एमालेको राष्ट्रिय भेलामा पाँच नेताले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्ने

काठमाडौँ : नेकपा एमालेले आगामी दिनमा पार्टीको राजनीतिक दिशा, सङ्गठन सुदृढीकरण र निर्वाचन तयारीलाई केन्द्रमा राखेर राष्ट्रिय भेला आयोजना गर्ने भएको छ ।

मंगलबार बसेको पार्टीको स्थायी कमिटी बैठकले मंसिर ५ गतेका लागि तय गरिएको केन्द्रीय कमिटी बैठक एक दिनअघि अर्थात् मंसिर ४ गते बस्ने गरी मिति परिवर्तन गरेको छ । एमाले उपमहासचिव लेखराज भट्टले बैठकको निर्णयबारे जानकारी दिएका हुन् ।

भट्टका अनुसार दुई दिनसम्म चल्ने राष्ट्रिय भेलामा पार्टीका पाँच जना शीर्ष नेताले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।

भेलामा अध्यक्ष केपी शर्मा ओलीले नेपालको वर्तमान राजनीतिक अवस्था, आगामी राजनीतिक कार्यदिशा र पार्टीले अवलम्बन गर्नुपर्ने रणनीतिबारे आफ्नो धारणा राख्नेछन् ।

त्यसैगरी वरिष्ठ नेता विद्यादेवी भण्डारीले समसामयिक राजनीतिक विषयमा कार्यपत्र प्रस्तुत गर्नेछिन् भने उपाध्यक्ष रामबहादुर थापाले संसदीय सङ्घर्षका विषयमा प्रस्तुति दिनेछन् ।

अर्का उपाध्यक्ष विष्णु पौडेलले एमाले नेतृत्वको सरकारका पालामा भएका विकास निर्माणका कामको तथ्यांकसहित कार्यपत्र पेस गर्नेछन् । महासचिव शङ्कर पोखरेलले भने पार्टीको शुद्धीकरण र सङ्गठनलाई व्यवस्थित बनाउने विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

आगामी निर्वाचनको तयारीलाई तीव्र बनाउने र पार्टीका नेता तथा कार्यकर्तालाई सङ्गठनात्मक रूपमा सक्रिय बनाउने उद्देश्यले राष्ट्रिय भेला आयोजना गर्न लागिएको एमालेले जनाएको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर