२०८३ मंसिर २ गते बुधवार / Nov 18 , 2026 , Wednesday
२०८३ मंसिर २ गते बुधवार

सिन्धुलीमा माइक्रोबस दुर्घटना, सात घाइतेलाई हेलिकप्टरबाट काठमाडौँ ल्याइयो

Nada
२०८३ मंसिर १ गते १८:४९
Shares
सिन्धुलीमा माइक्रोबस दुर्घटना, सात घाइतेलाई हेलिकप्टरबाट काठमाडौँ ल्याइयो

काठमाडौँ : बिपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका-७, पलासेमा माइक्रोबस दुर्घटना हुँदा सवार १४ जना घाइते भएका छन् । तीमध्ये सात जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको जिल्ला प्रहरीले जनाएको छ ।

जनकपुरबाट काठमाडौँ आउँदै गरेको म प्र ०४-००१ ज ०२४३ नम्बरको माइक्रोबस मंगलबार दिउँसो अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल अँधेरी खोलाको बगरमा खसेको प्रहरीले जनाएको छ ।

काठमाडौँ लगिएका घाइतेमध्ये धनुषाको जनकनन्दिनी गाउँपालिकाकी सीता यादव, उनका १४ वर्षीय छोरा पियुस गोहित, तीन वर्षीय ओम साह, धनुषाको शहीदनगर नगरपालिका–७ का प्रिन्स साह र श्यामबहादुर मण्डल तथा पहिचान खुल्न बाँकी एक पुरुषको अवस्था गम्भीर छ । काठमाडौँ लगिएका जनकनन्दिनी गाउँपालिकाका दीपेन्द्र यादवको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

अन्य सात घाइतेको खुर्कोटस्थित शुभजीवन अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा घाइते भएका १४ जनामध्ये नौ जनाको विवरण खुलेको छ भने पाँच जनाको विवरण खुल्न बाँकी छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर