
काठमाडौँ : प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट बर्खास्त गरिएका दानबहादुर कार्कीले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमा बुधबार पहिलो सुनुवाइ हुने भएको छ ।
यसअघि सोमबारका लागि पेसी तोकिए पनि छठ पर्वको सार्वजनिक बिदाका कारण सुनुवाइ हुन सकेको थिएन । सर्वोच्च अदालत प्रशासनका अनुसार रिटको सुनुवाइ बुधबारका लागि तोकिएको छ ।
कार्कीले प्रहरी ऐन, २०१२ र प्रहरी नियमावली, २०७१ विपरीत आफूलाई पदबाट हटाइएको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । उनले महानिरीक्षक पदमा पुनर्बहालीको माग गर्नुका साथै नवनियुक्त आईजीपीलाई कामकाज गर्न नदिन अन्तरिम आदेशसमेत माग गरेका छन् ।
बालेन्द्र शाह नेतृत्वको सरकारले डा. मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्दै कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो ।