२०८३ असोज ११ गते आइतवार / Sep 27 , 2026 , Sunday
२०८३ असोज ११ गते आइतवार

माइडियाको दशैं विशेष योजना : ३७ हजार ७ सय रुपैयाँसम्म क्यासब्याक र आकर्षक उपहार

Nada
२०८३ असोज ११ गते १६:५२
Shares
माइडियाको दशैं विशेष योजना : ३७ हजार ७ सय रुपैयाँसम्म क्यासब्याक र आकर्षक उपहार

काठमाडौं : नेपालीहरूको महान् चाड दशैंलाई लक्षित गर्दै विश्वप्रसिद्ध होम एप्लायन्सेस ब्रान्ड माइडियाले विशेष उत्सव योजना सार्वजनिक गरेको छ । ‘दिस दशैं ब्रिङ होम द सेलिब्रेसन, ब्युटिफुल्ली योर्स’ भन्ने सन्देशसहित ल्याइएको यस योजनाअन्तर्गत उपभोक्ताले माइडियाका विभिन्न घरायसी उपकरण खरिदमा आकर्षक क्यासब्याक, सुनिश्चित उपहार तथा अन्य सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।

ncell

यस योजनाअन्तर्गत उपभोक्ताले ३७ हजार ७ सय रुपैयाँसम्मको ग्यारेन्टेड क्यासब्याक प्राप्त गर्न सक्नेछन् । साथै, साइड बाई साइड तथा मल्टी डोर रेफ्रिजरेटर खरिदमा इन्डक्सन कुकटप, फ्रन्ट लोड वाशिङ मेसिन खरिदमा ६ केजी सर्फ एक्सेल, टप लोड वाशिङ मेसिन खरिदमा ४ केजी सर्फ एक्सेल, सेमी अटोमेटिक वाशिङ मेसिन खरिदमा २ केजी सर्फ एक्सेल तथा डिसवासर खरिदमा २ वटा वाशिङ ट्याब्लेट निःशुल्क प्रदान गरिनेछ ।

यसका अतिरिक्त, योजनामा सहभागी उपभोक्तामध्ये हरेक महिना लक्की ड्रमार्फत माइडिया साइड बाई साइड रेफ्रिजरेटर जित्ने अवसर समेत रहेको छ । लक्की ड्रमा सहभागी हुन उपभोक्ताले उपलब्ध क्युआर कोड स्क्यान गरी आफ्नो विवरण दर्ता गर्न सक्ने कम्पनीले जनाएको छ। साथै, शून्य प्रतिशत ब्याजदरमा सहज इएमआई सुविधा तथा छनोट गरिएका उत्पादनमा १० वर्षसम्मको वारेन्टी सुविधा पनि उपलब्ध रहेको छ ।

यो विशेष उत्सव योजना भदौ २६ गतेदेखि सीमित अवधिका लागि लागू गरिएको छ । दशैंको अवसरमा परिवारसँग बिताइने खुसीका पललाई अझ सहज र विशेष बनाउने उद्देश्यले माइडियाले आधुनिक प्रविधि, उपयोगी सुविधा र आकर्षक उपहारसहित यो योजना ल्याएको जनाएको छ ।

चौधरी ग्रुपअन्तर्गतको सिजी इलेक्ट्रोनिक्सले नेपालमा माइडियाका उत्पादनहरू उपलब्ध गराउँदै आएको छ । नेपालभरिका आधिकारिक डिलर नेटवर्क, २२ वटा सिजी डिजिटल सोरुम तथा सिजीको वेबसाइटमार्फत माइडियाका विभिन्न उत्पादनहरू उपलब्ध छन् । उपभोक्ताले आफ्नो परिवारको आकार, घरायसी आवश्यकता र जीवनशैलीअनुसार विभिन्न मोडलहरू छनोट गर्न सक्नेछन् । माइडियाका रेफ्रिजरेटर, वाशिङ मेसिन, एयर कन्डिसनर, डिसवासर, माइक्रोवेभ ओभन, चिम्नी तथा विभिन्न साना घरायसी उपकरणहरू नेपाली बजारमा उपलब्ध छन् । कम्पनीले आधुनिक प्रविधियुक्त तथा उपभोक्तामैत्री उत्पादनहरूमार्फत नेपाली ग्राहकहरूको आवश्यकता पूरा गर्दै आइरहेको छ ।

ताजा खबर

सम्बन्धित खबर