
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनलाई लक्षित गर्दै सोलुखुम्बुबाट गणेश बस्नेतले महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी प्रस्तुत गरेका छन् ।
नेपाली कांग्रेसले १५औं केन्द्रीय महाधिवेशन २०८३ असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । महाधिवेशनअन्तर्गत वडा तथा पालिका तहका अधिवेशनहरू सम्पन्न हुँदै प्रतिनिधि छनोटको प्रक्रिया अघि बढिरहेको छ ।
सोलुखुम्बुमा पनि वडा तथा पालिका तहका अधिवेशन सम्पन्न भइसकेका छन् । जिल्लाका आठवटै स्थानीय तहमा नेतृत्व चयन भएको र अब क्षेत्रीय, जिल्ला तथा प्रदेश तहका अधिवेशनमार्फत महाधिवेशन प्रतिनिधि छनोटको प्रक्रिया अघि बढ्ने जनाइएको छ ।
बस्नेतको उम्मेदवारीसँगै सोलुखुम्बुको कांग्रेस महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया थप चासोको विषय बनेको छ ।