२०८३ असोज ११ गते आइतवार / Sep 27 , 2026 , Sunday
२०८३ असोज ११ गते आइतवार

महाधिवेशन प्रतिनिधिमा चोलेन्द्र बहादुर कार्कीको उम्मेदवारी

Nada
२०८३ असोज ११ गते १५:४७
Shares
महाधिवेशन प्रतिनिधिमा चोलेन्द्र बहादुर कार्कीको उम्मेदवारी

सोलुखुम्बु : नेपाली कांग्रेसका नेता चोलेन्द्र बहादुर कार्कीले पार्टीको महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्।

ncell

२०६१ सालदेखि नेपाली कांग्रेसको विचार, सिद्धान्त र संगठनसँग जोडिएर सक्रिय रहँदै आएको बताउने कार्कीले तत्कालीन राजतन्त्रविरुद्धको आन्दोलनका क्रममा २४ दिन जेल जीवन बिताएको उल्लेख गरेका छन्।

उनका अनुसार २०६४ सालदेखि पार्टीका विभिन्न आन्दोलन, कार्यक्रम तथा निर्वाचनमा निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै संगठन र कार्यकर्तासँग नजिक रहेर काम गर्दै आएका छन्।

पर्यटन व्यवसायमा समेत सक्रिय कार्की २०७६ भदौ १९ गते ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को प्रथम उपाध्यक्षमा निर्वाचित भएका थिए। उनी नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघका संस्थापक उपाध्यक्षसमेत हुन्।

कार्कीले पार्टी संगठनलाई थप सुदृढ, सक्रिय र गतिशील बनाउन आफ्नो अनुभव, समय र ऊर्जालाई उपयोग गर्ने उद्देश्यले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएको बताएका छन्।

उनले आफ्नो उम्मेदवारीलाई पद प्राप्तिभन्दा संगठनप्रतिको जिम्मेवारी र कार्यकर्तासँगको सहकार्यको निरन्तरताका रूपमा अघि बढाउने बताएका छन्।

ताजा खबर

सम्बन्धित खबर