
काठमाडौं : आइतबार बिहान मनाङको नार्पाभुमी गाउंपालिका-५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो गएको छ ।
पहिरोमा परेर मानवीय क्षति भएको आशंका गरिएको छ । हिमाल आरोहणमा गएका २२ जना (९ जना पर्वतारोही र १३ जना सहयोगी स्टाफ) मध्ये करिब एक दर्जन बेपत्ता भएकाे आशंका गरिएकाे छ । उनीहरु सबै नेपाली नागरिक हुन् ।
उद्धारका लागि काठमाडौंबाट हेलिकप्टर मनाङका लागि गएको छ । सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले क्षतिबारे यकिन जानकारी प्राप्त हुन नसकेको जानकारी दिए ।