२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

सोलुखुम्बुका आठै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

Nada
२०८३ असोज ९ गते ११:४०
Shares
सोलुखुम्बुका आठै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत सोलुखुम्बु जिल्लाका विभिन्न स्थानीय तहमा गाउँ तथा नगर कार्यसमिति सभापति चयन भएका छन्।

ncell

महाधिवेशनमार्फत जिल्लाका आठ स्थानीय तहमा नयाँ नेतृत्व निर्वाचित भएको हो। जसअनुसार नेचासल्यान गाउँपालिकाको सभापतिमा शम्भु कार्की, थुलुङ दुधकोशी गाउँपालिकामा भक्तबहादुर गुरुङ, सोताङ गाउँपालिकामा जंगबहादुर गुरुङ र महाकुलुङ गाउँपालिकामा बलकुमार कुलुङ निर्वाचित भएका छन्।

त्यस्तै माप्य दुधकोशी गाउँपालिकाको सभापतिमा राम मगर, सोलुदुधकुण्ड नगरपालिकामा छोङ्बा शेर्पा, खुम्बु पासाङल्हामु गाउँपालिकामा फुनुरु शेर्पा तथा लिखुपिके गाउँपालिकामा रेखराज बस्नेत निर्वाचित भएका छन्।

नवनिर्वाचित गाउँ तथा नगर कार्यसमिति सभापतिहरूले आफ्नो स्थानीय तहमा नेपाली कांग्रेसको संगठनलाई थप व्यवस्थित र सुदृढ बनाउँदै पार्टीको नीति, विचार र कार्यक्रमलाई जनस्तरसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

सोलुखुम्बुका आठै स्थानीय तहमा नेतृत्व चयन भएसँगै जिल्लामा नेपाली कांग्रेसको स्थानीय संगठनले नयाँ नेतृत्व पाएको छ।

ताजा खबर

सम्बन्धित खबर