
काठमाडौँ : नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँ घटेको छ । आज सुन प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
बिहीबार सुन तोलामा २ लाख ९९ हजार १ सय रुपैयाँमा कायम भएको थियो ।
यस्तै, चाँदीको चाँदी आज तोलामा ३० रुपैयाँ घटेको छ ।
अघिल्लो दिन तोलामा ४ हजार ६५० रुपैयाँ रहेको चाँदी आज ४ हजार ६३० रुपैयाँ कायम भएको छ ।