
काठमाडौँ : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रदेशका एमाले नेताहरूसँग छलफल गरिरहेका छन् । छलफलमा कोशी प्रदेश इन्चार्ज शेरधन राई, प्रदेश अध्यक्ष घनश्याम खतिवडा र सचिव राजकुमार भण्डारीसहित अन्य नेताहरू सहभागी छन् ।
कोशी प्रदेशमा मुख्यमन्त्री कार्कीले राजीनामा दिनुपर्ने दबाब बढिरहेको छ । ओली र शेरधन राई पक्षबाट दबाब भइरहे पनि कार्की आफ्नो अडानबाट पछि नहटेको बताइएको छ । यही विषयमा समाधान खोज्न ओलीले कार्कीसहित प्रदेश टोलीलाई बोलाएर छलफल गरेका हुन् ।
यसअघि मंगलबार ओली र कार्कीबीच एक्लाएक्लै वार्ता भएको थियो । बुधबार प्रदेश पदाधिकारीसँगको छलफलपछि पनि कार्कीसँग थप वार्ता हुन सक्ने बताइएको छ ।