२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

कांग्रेसले बनायो रणनीतिक विपद् परिचालन टोली, १ हजार दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य

Nada
२०८३ साउन १९ गते १२:४२
Shares
कांग्रेसले बनायो रणनीतिक विपद् परिचालन टोली, १ हजार दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य

काठमाडौँ : कांग्रेसले विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन रणनीतिक विपद् परिचालन टोली (एसआरटी) गठन गरेको छ ।

ncell

केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको तीन दिने पूर्व तयारी तथा प्रतिकार्य प्रशिक्षणको समापनका अवसरमा उक्त टोलीको औपचारिक घोषणा गरिएको हो। पहिलो चरणमा सम्पन्न यस प्रशिक्षणमा सहभागी ४० जना युवाहरू टोलीमा आबद्ध भएका छन् ।

कार्यक्रमको समापन गर्दै प्रतिष्ठान प्रमुख एवं पार्टी उपसभापति विश्वप्रकाश शर्माले तालिमप्राप्त युवाहरूलाई विपदमा परेका नागरिकको जीवन रक्षाका लागि सक्रिय भएर लाग्न आग्रह गरेका छन् । उनका अनुसार नेपाली काँग्रेसले देशभर यस्तै १ हजार जना दक्ष जनशक्ति तयार पार्ने लक्ष्य राखेको छ ।

प्रशिक्षण कार्यक्रममा संयुक्त राष्ट्र संघ तथा अन्तर्राष्ट्रिय रेडक्रसमा काम गरिसकेका ११ जना विषयगत विपदविज्ञहरूले तालिम दिएका थिए । प्रशिक्षकहरूमा पीताम्बर अर्याल, भोजराज घिमिरे, सुशील पण्डित, तिबेन्द्रराज बाँस्कोटा, रामप्रसाद भट्टराई, सुरेश पण्डित, भूपमणि दाहाल, कल्पना रावल, सौरभी निरौला र लक्ष्मण माली रहेका थिए । पार्टीले विपद्को जोखिम न्यूनीकरण र तत्काल राहत तथा उद्धारका लागि यो पहल सुरु गरेको पत्रमा उल्लेख छ ।

ताजा खबर

सम्बन्धित खबर