
काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग समसामयिक राजनीतिक विषयमा छलफल गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार बिहान ११ बजेदेखि सुरु भएको छलफलमा पछिल्ला राजनीतिक घटनाक्रम, प्रदेशका समसामयिक विषय तथा अन्य साझा चासोका मुद्दामा कुराकानी भइरहेको जनाइएको छ ।
प्रधानमन्त्रीसँगको भेटमा सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, ज्ञानेन्द्र महता, जगत जोशी, कोमल ज्ञवाली र केपी खनाल सहभागी छन् ।
सुनसरीको देवानगञ्ज घटनापछि प्रधानमन्त्री शाह राजनीतिक भेटघाटलाई तीव्रता दिइरहेका छन् । यसअघि उनले मधेशवादी दलका नेताहरूसँग पनि छलफल गरेका थिए । प्रधानमन्त्री बनेको चार महिनापछि उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग समेत शिष्टाचार भेट गरेका छन् ।