२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक साउन २४ गते बस्ने

Nada
२०८३ साउन १७ गते १५:२०
Shares
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक साउन २४ गते बस्ने

काठमाडौँ : नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक साउन २४ गते आयोजना गर्ने निर्णय गरेको छ । बैठक आइतबार दिउँसो १ बजे ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने तय भएको हो ।

ncell

पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गरेको सूचनाअनुसार बैठकमा केन्द्रीय कार्यसमितिका सबै पदाधिकारी तथा सदस्यलाई अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरिएको छ ।

बैठकको कार्यसूची सार्वजनिक गरिएको छैन । यद्यपि, पार्टीको समसामयिक राजनीतिक गतिविधि तथा संगठनात्मक विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर