२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

शेरधन राईले मागे मुख्यमन्त्री कार्कीको राजीनामा

Nada
२०८३ साउन १७ गते १३:०५
Shares
शेरधन राईले मागे मुख्यमन्त्री कार्कीको राजीनामा

काठमाडौँ : नेकपा (एमाले) का केन्द्रीय सचिव तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा दिन आग्रह गरेका छन् ।

ncell

शनिबार विराटनगरमा मुख्यमन्त्री कार्कीसँग भएको भेटमा राईले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न राजीनामा दिन आग्रह गरेको स्रोतले जनाएको छ । तर मुख्यमन्त्री कार्कीले आफू विधि र प्रक्रियाको पक्षमा रहेको भन्दै पार्टीको संस्थागत निर्णय नभएसम्म राजीनामा नदिने अडान दोहोर्‍याएको बताइएको छ ।

स्रोतका अनुसार भेटका क्रममा राईले राजीनामाको प्रस्ताव राखे पनि कार्कीले पार्टीको औपचारिक निर्णयबिनै पद त्याग नगर्ने स्पष्ट पारेका थिए ।

शनिबार विराटनगर पुगेका राईले प्रदेशका एमाले सांसदहरूसँग पनि छलफल गरेका छन्। छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले कोशी प्रदेशमा वर्तमान सरकारको निरन्तरता नहुने संकेत ग रे। ‘समाचारमा यही सरकार र मुख्यमन्त्रीको निरन्तरता भन्ने आइरहेको छ। त्यस्तो होइन, नयाँ निर्णय आउँछ’, उनले भने ।

मुख्यमन्त्री कार्की नेपालको संविधानको धारा १६८(५) बमोजिम नियुक्त भएका हुन् । सोही व्यवस्थाअनुसार बनेको सरकारका मुख्यमन्त्रीले स्वेच्छाले राजीनामा नदिएसम्म केवल पार्टीको निर्णयका आधारमा पदबाट हटाउन नमिल्ने कानुनी जटिलता रहेको बताइन्छ ।

कार्की २०८१ वैशाख २७ गते एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए ।

सम्बन्धित खबर