२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

कांग्रेसभित्र एकता प्रवर्द्धनका लागि नयाँ अभियान घोषणा, साउन २० मा राष्ट्रिय भेला

Nada
२०८३ साउन १७ गते १२:३३
Shares
कांग्रेसभित्र एकता प्रवर्द्धनका लागि नयाँ अभियान घोषणा, साउन २० मा राष्ट्रिय भेला

काठमाडौँ : नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विभाजन कम गर्दै विभिन्न धारबीच सहकार्य र एकता सुदृढ गर्ने उद्देश्यसहित पार्टीका युवा नेताहरूले नयाँ अभियान अघि बढाउने घोषणा गरेका छन् ।

ncell

‘देश र कांग्रेस जोड्ने’ नाम दिइएको उक्त अभियान सभापति गगन थापा नेतृत्वको पक्ष र संस्थापन इतर समूहबीच संवाद तथा सहकार्यको वातावरण निर्माण गर्ने लक्ष्यका साथ सुरु गर्न लागिएको जनाइएको छ ।

नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महर, रञ्जित कर्णलगायतको पहलमा सञ्चालन हुन लागेको अभियानअन्तर्गत साउन २० गते ‘राष्ट्रिय एकता भेला’ आयोजना गरिने जानकारी आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको हो । आयोजकका अनुसार पालिका, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व सुनिश्चित हुने गरी भेलाको तयारी गरिएको छ ।

अभियानका अगुवाहरूले नेपाली कांग्रेसको संगठनात्मक कमजोरीले लोकतान्त्रिक प्रणालीसमेत प्रभावित हुन सक्ने र त्यसबाट प्रतिगामी शक्तिलाई लाभ पुग्ने निष्कर्षका आधारमा एकताको पहल आवश्यक भएको बताएका छन् ।

उनीहरूले यो अभियान कुनै व्यक्ति, गुट वा पदकेन्द्रित नभई पार्टीको संस्थागत सुदृढीकरण र लोकतान्त्रिक मूल्यको संरक्षणलाई केन्द्रमा राखेर अघि बढाइने स्पष्ट पारे ।

सम्बन्धित खबर