२०८३ कार्तिक २२ गते आइतवार / Nov 08 , 2026 , Sunday
२०८३ कार्तिक २२ गते आइतवार

कांग्रेस संस्थापनइतर समूहद्वारा ५५१ सदस्यीय ‘राष्ट्रिय भेला आयोजक समिति’ घोषणा

Nada
२०८३ साउन १६ गते १४:३६
Shares
कांग्रेस संस्थापनइतर समूहद्वारा ५५१ सदस्यीय ‘राष्ट्रिय भेला आयोजक समिति’ घोषणा

काठमाडौं : नेपाली कांग्रेसको संस्थापन इतर समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा ५ सय ५१ सदस्यीय ‘राष्ट्रिय भेला मूल आयोजक समिति’ गठन गरेको छ । 

शनिबार आयोजित सम्पर्क कार्यालय चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीको आगामी राष्ट्रिय भेलालाई व्यवस्थित रूपमा सम्पन्न गर्न उक्त समिति र भेलाका लागि आवश्यक अन्य विभिन्न उपसमितिहरूको घोषणा गरिएको हो ।

आयोजक समितिमा पार्टीका १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रिय पदाधिकारी, सदस्यहरू, प्रदेश कार्यसमितिका सभापति एवं पदाधिकारी, जिल्ला सभापतिहरू, उपत्यकाभित्रका जिल्ला कार्यसमिति पदाधिकारीहरू, महानगर तथा नगर सभापतिहरू समावेश गरिएको नेता मिनबहादुर विश्वकर्माले जानकारी दिए ।

त्यसैगरी, संघीय तथा प्रदेश सांसदहरू, पूर्वमन्त्रीहरू, भ्रातृ एवं शुभेच्छुक संस्थाका केन्द्रिय प्रमुखहरूलाई पनि मूल आयोजक समितिमा पदेन सदस्यका रूपमा समेटिएको छ ।

राष्ट्रिय भेलालाई नीतिगत र व्यवस्थापकीय रूपमा सफल बनाउन विभिन्न १६ वटा विषयगत समितिहरू समेत गठन गरिएको छ । जसअन्तर्गत राजनीतिक प्रश्ताव तयारी समिति, सांगठनिक प्रश्ताव तयारी समिति, विधान संशोधन मस्यौदा समिति र आर्थिक नीति तयारी समिति रहेका छन् । 

यसैगरी, व्यवस्थापकीय जिम्मेवारीका लागि प्रचार–प्रसार, आर्थिक व्यवस्थापन, आवास तथा भोजन, मञ्च व्यवस्थापन, स्वयंसेवक परिचालन, र स्वास्थ्य समिति लगायतका समितिहरू निर्माण गरिएको छ । शान्ति सुरक्षा तथा प्रशासन समन्वय र सचिवालय व्यवस्थापन समितिलाई पनि उत्तिकै प्राथमिकता दिइएको छ । 

मूल आयोजक समिति बाहेकका अन्य विषयगत समितिहरूको नेतृत्व र सदस्यहरूको चयन आगामी केन्द्रीय कार्यसमितिको बैठकबाट यथाशीघ्र टुंगो लगाइने विश्वकर्माले बताए ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर