२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

भुर्तेलको शतकमा नेपालले मलेसियालाई दियो २७६ रनको विशाल लक्ष्य

Nada
२०८३ जेठ २१ गते १४:०८
Shares
भुर्तेलको शतकमा नेपालले मलेसियालाई दियो २७६ रनको विशाल लक्ष्य

काठमाडौं : एसियन गेम्स क्रिकेट पुरुष छनोटअन्तर्गतको खेलमा नेपालले मलेसियालाई २७६ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २७५ रन बनाएको हो ।

ncell

नेपालका लागि कुशल भुर्तेलले शतकीय इनिङ खेले । उनले ५४ बलमा १४ चौका र ८ छक्काको सहयोगमा १२६ रन बनाए । कुशल भुर्तेल टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने नेपाली क्रिकेटर बनेका छन् । कुशलले कप्तान दीपेन्द्र सिंह ऐरीको यसअघिको २२११ रनको कीर्तिमान तोडेका हुन्।  

आसिफ शेखले २४ बलमा ७ छक्का र ५ चौकाको सहयोगमा ६८ रन बनाए । कप्तान दीपेन्द्र सिंह ऐरीले ३१ रन बनाए । सन्दीप जोराले १५ रन, लोकेश बमले १० र करण केसीले ७ रन बनाए । कुशल मल्ल ९ र सोमपाल कामी १ रनमा नटआउट रहे । 

मलेसियाका विरन्दीपले सर्वाधिक तीन तथा साइद अजिज र विजय उनीले समान दुई विकेट लिएका थिए । 

नेपाल र मलेसिया यसअघि नै एसियन गेम्समा छनोट भइसकेका छन् । चीन भने लगातार पराजित हुँदै बाहिरिसकेको छ ।

सम्बन्धित खबर