२०८३ कार्तिक १६ गते सोमवार / Nov 02 , 2026 , Monday
२०८३ कार्तिक १६ गते सोमवार

एनपिएल : सुदूरपश्चिमको दोस्रो जित

Nada
२०८३ कार्तिक १६ गते २०:५५
Shares
एनपिएल : सुदूरपश्चिमको दोस्रो जित

काठमाडौं : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सले दोस्रो जित निकालेको छ । सोमबार चितवन राइनोजलाई ५ विकेटले पराजित गर्दै सुदूरपश्चिमले प्रतियोगितामा दोस्रो जित हात पारेको हो ।

चितवनले दिएको १३० रनको लक्ष्य सुदूरपश्चिमले १६.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो । सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनले २१ बल खेल्दै ६ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ४३ रन बनाए । इशान पान्डेले २९ बलमा २ चौकाको सहयोगमा २५ रन जोडे ।

शेरफान रथरफोर्डले १५ बलमा २ चौका र १ छक्काको सहयोगमा अविजित २१ रन बनाए । आरिफ शेखले २६ बलमा अविजित २० रन जोडे । विनोद भण्डारीले ११ रन बनाए ।
चितवनका लागि रञ्जित कुमारले ३ विकेट लिए । रिजन ढकाल र मौसम ढकालले १–१ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको थियो । चितवनका लागि मध्यक्रमका ब्याटर रवि बोपाराले ४० बलमा तीन चौका र दुई छक्कासहित सर्वाधिक ४९ रनको पारी खेले । यस्तै, डेविड मलानले १६, कप्तान सिकन्दर राजा र अर्जुन साउदले समान १५–१५ तथा विवेककुमार यादवले १७ रन जोडे ।

सुदूरपश्चिमका लागि बलिङतर्फ स्कट कुग्लाइनले २ तथा कप्तान दीपेन्द्र सिंह ऐरी र अनिल खरेलले समान १–१ विकेट लिए ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर