
काठमाडौं : विश्व फुटबलको सबैभन्दा ठुलो कुम्भमेला फिफा विश्वकप २०२६ सुरु हुन अब केही दिन मात्र बाँकी रहँदा सहभागी सबै ४८ राष्ट्रले आफ्ना अन्तिम २६ सदस्यीय टोलीको घोषणा गरेका छन् । मेक्सिको, संयुक्त राज्य अमेरिका र क्यानडाले संयुक्त रूपमा आयोजना गर्न लागेको यो ऐतिहासिक विश्वकपमा पहिलो पटक ४८ टोलीहरूले १०४ खेल खेल्दै छन् ।
यस पटकको विश्वकप फुटबलका दुई महान हस्ती लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोका लागि विशेष मानिएको छ। अर्जेन्टिनाका मेस्सी र पोर्चुगलका रोनाल्डोका लागि यो सम्भवतः अन्तिम विश्वकप उपस्थिति हुनेछ । रोनाल्डोले पोर्चुगलको नेतृत्व गर्दै कीर्तिमानी छैटौं पटक विश्वकप खेल्ने तालिका छ । त्यस्तै, डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले मेस्सीको नेतृत्वमा आफ्नो उपाधि रक्षा गर्ने लक्ष्य राखेको छ ।
पुरानो पुस्ता बिदा हुँदै गर्दा विश्व फुटबलमा नयाँ प्रतिभाहरूको पनि उदय हुँदैछ । स्पेनका १७ वर्षीय सनसनी लामिन यामल र ब्राजिलका युवा स्टार एन्ड्रिकले यसै विश्वकप मार्फत आफ्नो ग्लोबल डेब्यु गर्दैछन् । स्पेनको टोलीमा यामलसँगै निको विलियम्स र पेड्रि जस्ता खेलाडी छन् भने ब्राजिलको अग्रपंक्तिमा नेयमार जुनियरसँगै भिनिसियस जुनियर र एन्ड्रिकले चुनौती पेस गर्नेछन् ।
४८ टोली सहभागी हुने भएकाले यो अहिलेसम्मकै सबैभन्दा ठुलो र लामो विश्वकप हुने निश्चित छ । एसियाली पावरहाउसहरू जापान, दक्षिण कोरिया, साउदी अरब र इरानले पनि आफ्ना बलिया टोलीहरू मैदानमा उतार्ने तयारी गरिसकेका छन् । विश्वभरका फुटबल प्रेमीहरू अबको ८ दिनपछि सुरु हुने यो भव्य महोत्सवको व्यग्र प्रतीक्षामा छन् ।
४८ टोली र उनीहरूका खेलाडीहरूको विस्तृत विवरण