२०८३ कार्तिक १४ गते शनिवार / Oct 31 , 2026 , Saturday
२०८३ कार्तिक १४ गते शनिवार

चितवनमा कजारियाको नयाँ सोरुम

Nada
२०८३ वैशाख ८ गते २०:३९
Shares
चितवनमा कजारियाको नयाँ सोरुम

काठमाडौं : कजारिया रमेश टायल्स लिमिटेडले नेपालभर आफ्नो विस्तारलाई निरन्तरता दिँदै मंगलपुर, चितवनमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । अथर्र्व इन्टरप्राइजेजद्वारा सञ्चालित उक्त सोरुम औपचारिक रूपमा उद्घाटन गरिएको हो । उद्घाटन समारोहमा कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालको उपस्थिति रहेको थियो ।

नयाँ शाखाबाट चितवन तथा आसपासका ग्राहकहरूलाई कजारियाका प्रिमियम टायल  अझ सहज रूपमा उपलब्ध गराउने बताइएको छ । उद्घाटन कार्यक्रममा कजारिया रमेश टायल्सका निर्देशक हिमांशु अग्रवालले भने, ‘अथर्र्व इन्टरप्राइजेजसँगको सहकार्यमार्फत चितवनमा आफ्नो उपस्थिति विस्तार गर्न पाउँदा हामी अत्यन्त खुसी छौं । यस क्षेत्रमा पूर्वाधार तथा आवास निर्माणको माग निरन्तर बढ्दै गएको अवस्थामा, उच्च गुणस्तरका तथा डिजाइन–केन्द्रित टायल समाधानहरू प्रदान गर्ने ठुलो सम्भावना देखिरहेका छौं ।’ 

कजारिया रमेश टायल्स लिमिटेडले उन्नत प्रविधिसहितको देशकै सबैभन्दा ठुलो टायल उत्पादन उद्योग स्थापना गरी नेपालमा टायल उद्योगलाई आक्रमक ढंगले अगाडि बढाइरहेको छ । कजारियाले सुपर ब्रान्ड २०२५, एसिया मस्ट प्रोमोसिङ ब्रान्डको मान्यता पाउनुका साथै विश्वका ८औं ठुला टायल उत्पादक कम्पनीमध्ये एकका रूपमा प्राप्त स्थान समावेश गर्न सफल भएको छ । कम्पनीले गुणस्तरमा आइएसओ ९००१ः२०१५ र आइएसओ १४००१ः२०१५ प्रमाणीकरण प्राप्त गरेको छ । 

हाल कजारियाले नेपालभर १०० भन्दा बढी सोरुमहरूको सशक्त सञ्जाल विस्तार गरिसकेको छ । कम्पनीका उत्पादनहरूमा ग्लेज्ड भिट्रिफाइड टायल, हेभी ड्युटी ग्लेज्ड भिट्रिफाइड टायल तथा सेरामिकवाल टायल बिक्री तथा वितरण गर्दै आएको छ । 

ताजा खबर

सम्बन्धित खबर