२०८३ कार्तिक १४ गते शनिवार / Oct 31 , 2026 , Saturday
२०८३ कार्तिक १४ गते शनिवार

मेची इन्डस्ट्रिजले आइपिओ निष्कासन गर्ने

Nada
२०८३ वैशाख २ गते २१:३८
Shares
मेची इन्डस्ट्रिजले आइपिओ निष्कासन गर्ने

काठमाडौं : मेची इन्डस्ट्रिज लिमिटेडले आइपिओ निष्कासन गर्ने भएको छ । 

सर्वसाधारणलाई जारी गर्न लागेको प्रति सेयर अंकित मूल्य  सय रुपैयाँ दरका १५ लाख कित्ता साधारण सेयरको लागि संस्थागत परामर्श र निष्कासन तथा बिक्री प्रबन्धक सेवा प्राप्त गर्न नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको हो ।  

नेपाल एसबिआई मर्चेन्ट बैंकिङका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार भण्डारी र मेची इन्डस्ट्रिज लिमिटेडका तर्फबाट अध्यक्ष पवन घिमिरेले द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरे ।  

मेची इन्डस्ट्रिज लिमिटेड ताराबारी दमक, झापामा महेन्द्र राजमार्गबाट २०० मिटरभित्र पर्ने आफ्नै स्वामित्वको जग्गामा प्रमुख स्वदेशी कच्चापदार्थ बालुवा, सिमेन्ट, चुनमा आधारित अटोक्लेभ्ड एरेटेड कंक्रिट ब्लकहरू उत्पादन गर्ने एक उत्पादनमूलक उद्योग हो । 

ताजा खबर

सम्बन्धित खबर