२०८३ कार्तिक १४ गते शनिवार / Oct 31 , 2026 , Saturday
२०८३ कार्तिक १४ गते शनिवार

कांग्रेस नेता, कार्यकर्तालाई शेखर कोइरालाको स्पष्टोक्तिः म पार्टीको कुनै पनि समूहमा छैन

Nada
२०८२ चैत २१ गते १४:०५
Shares
कांग्रेस नेता, कार्यकर्तालाई शेखर कोइरालाको स्पष्टोक्तिः म पार्टीको कुनै पनि समूहमा छैन

काठमाडौंः नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू पार्टीको कुनैपनि समूहमा नरहेको बताएका छन् । नेता कोइराला संस्थापन इतर समूहमा रहेको समाचार संप्रेषण भइरहेका बेला उनले आफू पार्टीको कुनै पनि समूहमा नरहेको स्पष्टिकरण दिएका हुन् । 

शनिवार काठमाडौंमा आयोजित विपी स्मृति सामुदायिक सहकारी अस्पतालको वार्षिक साधारण सभामा बोल्दै नेता कोइरालाले सामाजिक सञ्जालहरुमा आफूलाई यो वा त्यो पक्षको भनेर प्रचार गरिएकोमा आपत्ति समेत जनाए। उनले आफ्नो लक्ष्य कांग्रेसलाई एकढिक्का बनाउने जिकिर गर्दै त्यसका लागि अन्तिमसम्म पनि प्रयास गर्ने बताए ।

कांग्रेसलाई एकढिक्का बनाएर आगामी निर्वाचनमा पहिलो राजनीतिक शक्तिको रुपमा स्थापित गराउने आफनो इच्छा रहेको नेता कोइरालाको भनाइ थियो । नेता कोइरालाले विपी कोइरालाको नाममा खोलिएको सो अस्पताललाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि त्यहाँबाट अवकाश पाएका चिकित्सकहरुको विशेष योगदान रहन सक्ने समेत बताए ।

सम्बन्धित खबर