२०८३ कार्तिक १४ गते शनिवार / Oct 31 , 2026 , Saturday
२०८३ कार्तिक १४ गते शनिवार

प्यान र इमेल अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह

Nada
२०८२ चैत १८ गते २१:१९
Shares
प्यान र इमेल अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह

काठमाडौं : एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर र इमेल अद्यावधिक गर्न आग्रह गरेको छ ।

बैंकका ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकाले ग्राहकलाई अध्यावधिकका लागि आग्रह गरेको हो ।

ग्राहकले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा इमेल ठेगाना अद्यावधिक गर्नका लागि आवेदन दिन सकिने बैंकले जनाएको छ ।

सम्बन्धित खबर