२०८३ कार्तिक १४ गते शनिवार / Oct 31 , 2026 , Saturday
२०८३ कार्तिक १४ गते शनिवार

निजी क्षेत्रमा सर्वसम्मत नेतृत्व र व्यावसायिक सुरक्षाको ग्यारेन्टी हुनुपर्छः अध्यक्ष ढकाल

Nada
२०८२ चैत १७ गते ११:०२
Shares
निजी क्षेत्रमा सर्वसम्मत नेतृत्व र व्यावसायिक सुरक्षाको ग्यारेन्टी हुनुपर्छः अध्यक्ष ढकाल

काठमाडौंः नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको विकास र समृद्धिका लागि सर्वसम्मत नेतृत्व र व्यावसायिक सुरक्षा अपरिहार्य रहेको बताएका छन् । महासंघको ६०औं साधारण सभामा हुने निर्वाचनमा वस्तुगततर्फका कार्यकारिणी समिति सदस्यहरुको उम्मेदवारी घोषणा सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ढकालले महासंघको आगामी नेतृत्व पनि सम्भव भएसम्म सर्वसम्मत रूपमा चयन हुनुपर्नेमा जोड दिए । अध्यक्ष ढकालले आफू पनि विगतमा सर्वसम्मत रूपमा विभिन्न पदहरूमा निर्वाचित भएको स्मरण गर्दै प्रदेशहरूमा पनि सर्वसम्मत नेतृत्वको लहर सुरु भइसकेको जानकारी दिए । आफ्नो कार्यकालका उपलब्धिहरूका बारेमा चर्चा गर्दै ढकालले ‘प्राइभेट सेक्टर प्रोटेक्सन एण्ड प्रमोसन प्लान’ (निजी क्षेत्र सुरक्षा तथा प्रवर्धन योजना) लाई ठुलो सफलताका रूपमा लिए।

उनकाअनुसार वर्तमान सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले यस रणनीतिक योजनालाई कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ । महासंघको आगामी निर्वाचनका उम्मेदवारहरूलाई लक्षित गर्दै अध्यक्ष ढकालले अर्काको आलोचना गरेर भन्दा पनि आफ्नो एजेण्डा र क्षमता प्रस्तुत गरेर भोट माग्न सुझाव दिए। उनले नेतृत्वमा पुग्नका लागि इमान्दार प्रयास र पवित्र भावना हुनुपर्ने बताउँदै कर्म गरे फल स्वतः प्राप्त हुने विश्वास व्यक्त गरे । कुनै ठुलो व्यावसायिक पृष्ठभूमि नभए पनि आफ्नो कडा मेहनत र इमान्दारिताकै कारण आफू महासंघको नेतृत्वमा पुग्न सफल भएको उनको भनाइ थियो । 

सम्बन्धित खबर