२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

कांग्रेसले टुंग्यायो समानुपातिक सांसदको नाम

Nada
२०८२ चैत १ गते १५:३३
Shares
कांग्रेसले टुंग्यायो समानुपातिक सांसदको नाम

काठमाडौं : नेपाली कांग्रेसले समानुपातिक सांसदहरूको नाम टुंगो लगाएको छ । आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समानुपातिकतर्फ २० जना सांसदको नाम टुंगो लगाएको हो ।

ncell

कांग्रेस प्रवक्ता देवराज चालिसेले २० जनामध्ये १५ जना महिला र ५ जना पुरुषको नाम टुंगो लगाइएको जानकारी दिए । महिलातर्फ आदिवासी जनजातिबाट ६ जना, खस आर्यबाट ६ र बाँकी अन्य कलस्टरबाट नाम टुंगो लगाइएको उनले बताए ।

नामावली आजै निर्वाचन आयोगमा बुझाउने बताउँदै कांग्रेस प्रवक्ता चालिसेले आयोगले नै समानुपातिक सांसदको नामावली सार्वजनिक गर्ने बताए । 

सम्बन्धित खबर