२०८२ भदौ २० गते शुक्रवार / Sep 05 , 2025 , Friday
२०८२ भदौ २० गते शुक्रवार
Ads

स्काइवर्थले ल्यायो दसैं–तिहार योजना

shivam cement
मध्यान्ह
२०८२ भदौ १९ गते २१:३२
स्काइवर्थले ल्यायो दसैं–तिहार योजना

काठमाडौं : केएल दुगड ग्रुपअन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेसले दसैं, तिहार र छठ पर्वका लागि विशेष योजना सार्वजनिक गरेको छ । ‘पर्वहरूको उमंग, स्काइवर्थसँग सबै दंग’ भन्ने नारासहित सुरु गरिएको यस योजनामा उपभोक्ताले स्काइवर्थका सम्पूर्ण घरेलु उपकरणमा ४० प्रतिशतसम्म क्यासब्याक र आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् ।

अफरअन्तर्गत स्काइवर्थका स्मार्ट टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन, एयर कन्डिसनर र चेस्ट फ्रिज र खरिदमा छुटको सुविधा पाउने व्यवस्था गरिएको छ । यसमार्फत उपभोक्ताले चाडपर्वमा आफ्नो घरलाई अपग्रेड गर्न सहज हुने कम्पनीले जनाएको छ ।

स्काइवर्थका वरिष्ठ मार्केटिङ अधिकृत विवेक राठीले भने, ‘पर्व भनेको परिवारसँग खुसी बाँड्ने समय हो त्यसैले स्काइवर्थले यो खुसीमा अझै खुसी थप्न ‘पर्वहरूको उमंग, स्काइवर्थसँग सबै दंग’ विशेष छुट योजना ल्याएको र यो ४० प्रतिशतसम्म क्यासब्याकको साथमा आकर्षक उपहारले हाम्रा ग्राहकमा पक्कै खुसी थपिनेछ ।’

यो योजना नेपालभर रहेका स्काइवर्थका सबै सोरुम तथा बिक्रीस्थलमा कार्तिक १५ गतेसम्म लागू हुनेछ ।

ADV

सम्बन्धित खबर

Advertise