काठमाडौं : ज्योति विकास बैंकको मोबाइल बैंकिङ एप, ज्योति स्मार्टमार्फत हवाई टिकट खरिद गर्दा बैंकले ५ सय क्यासब्याक प्राप्त हुने योजना सार्वजनिक गरेको छ ।
दसैंको अवसरमा ग्राहकहरूलाई सहज र लाभदायक यात्राको सुविधा प्रदान गर्ने उद्देश्यले बैंकले यो अफर सार्वजनिक गरेको हो ।
यस योजनाअन्तर्गत, ग्राहकहरूले ज्योति स्मार्ट एप प्रयोग गरी जुनसुकै घरेलु एयरलाइन्सको हवाई टिकट खरिद गर्दा ५ सय रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । ज्योति स्मार्ट एप बाट हवाई टिकट खरिद गर्दा ‘जेबिबिएल ५००’ प्रोमो कोड प्रयोग गरी क्यासब्याक सुविधाको लिन सक्ने बैंकले जनाएको छ । साथै, पहिलो ४ सय जना मात्र यो अफरबाट लाभान्वित हुन सक्नेछन् ।
अभियान अवधिभर, ग्राहकहरूले ज्योति स्मार्ट एप प्रयोग गरी पहिलो हवाई टिकट खरिदमा क्यास ब्याकको सुविधा प्राप्त गर्नेछन् । बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नुका साथै ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै योजना सञ्चालन गर्दै आएको छ । ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १ सय २१ शाखा कार्यालय तीन विस्तारित काउन्टर तथा ७५ वटा एटिएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।