२०८२ भदौ २० गते शुक्रवार / Sep 05 , 2025 , Friday
२०८२ भदौ २० गते शुक्रवार
Ads

इन्भेस्टमेन्ट बैंकले महिला उद्यमी महासंघका सदस्यलाई सेवामा छुट दिने

shivam cement
मध्यान्ह
२०८२ भदौ १९ गते २१:२६
इन्भेस्टमेन्ट बैंकले महिला उद्यमी महासंघका सदस्यलाई सेवामा छुट दिने

काठमाडौं : नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र महिला उद्यमी महासंघ नेपालबीच व्यावसायिक सम्झौता भएको छ । बैंक र संघबीच नेपालका महिलालाई उद्यम क्षेत्रमा आकर्षित गरी महिला व्यवसाय प्रवर्धन गर्न सम्झौता भएको हो ।

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योति प्रकाश पाण्डे र महिला उद्यमी महासंघतर्फ अध्यक्ष शोभा ज्ञवालीबाट हस्ताक्षर गरिन् । सम्झौतामार्फत एसोसिएसनका सम्पूर्ण सदस्यलाई महिलाद्वारा सञ्चालित उद्यम र नयाँ उद्यमी बन्न चाहने विभिन्न महिलालाई बैंक तथा वित्तीय सहयोग प्रदान गर्ने सम्झौता गरिएको छ ।

सम्झौताअनुसार एसोसिएसनका सदस्यलाई लक्षित गरी बैंकका २ सय ७५ वटा शाखामार्फत महिलाद्वारा सञ्चालित उद्यम र नयाँ उद्यमी बन्न चाहने विभिन्न महिलालाई छुटसहितको कर्जा प्रवाहमा विशेष प्राथमिकता, वित्तीय साक्षरताका सेवा दिनेछ ।

ADV

सम्बन्धित खबर

Advertise