२०८२ भदौ १८ गते बुधवार / Sep 03 , 2025 , Wednesday
२०८२ भदौ १८ गते बुधवार
Ads

टाटा मोटर्सको नयाँ सोरुम धनगढीमा विस्तार

shivam cement
मध्यान्ह
२०८२ भदौ १८ गते २१:१३
टाटा मोटर्सको नयाँ सोरुम धनगढीमा विस्तार

काठमाडौं : टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले सुदूरपश्चिम प्रदेशको धनगढीमा नयाँ सोरुम विस्तार गरेको छ । कम्पनीले जिएआरएस ट्रेडिङ कन्सर्नलाई डिलर चयन गर्दै धनगढीस्थित बोराडाँडीमा नयाँ सोरुम विस्तार गरेको हो ।

मंगलबार सिप्रदीका सिनियर डिलर म्यानेजर मेघराज ढुंगेल, जिएआरएस ट्रेडिङ कन्सर्नका प्रबन्ध निर्देशक अशोक पाण्डेले संयुक्त रूपमा सोरुमको उद्घाटन गरेका थिए । साथै, सो समारोहमा स्थानीय समुदाय, व्यावसायिक प्रतिनिधि र ग्राहकहरूको पनि उपस्थिति थियो ।

नयाँ सोरुममार्फत अब सुदूरपश्चिम क्षेत्रभरका ग्राहकले टाटा मोटर्सका विद्युतीय मोडलहरू–टाटा टियागो इभी, पन्च इभी, नेक्सनके३ इभी र कर्भ इभी–सजिलै खरिद गर्न सक्ने जनाइएको छ । त्यस्तै, आइसिई मोडलअन्तर्गत टाटाका टियागो, पंच, नेक्सन र सफारी पनि यस सोरुममार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise