काठमाडौं : नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले नेपाल मेडिकल एसोसिएसन (एनएमए)का सदस्यलाई सेवामा विशेष छुट दिने भएको छ । बैंक र एनएमएबीच एसोसिएसनका सम्पूर्ण सदस्यहरूलाई विभिन्न सेवामा छुट दिने विषयमा सम्झौता भएको हो ।
एसोसिएसनका सदस्यलाई लक्षित गरी बैंकको २ सय ७५ वटा शाखामार्फत प्रोफेसनल बचत खाता खोली १० लाखको दुर्घटना बिमा सुविधासहित अन्य व्यावसायिक कर्जा, साना तथा मझौला कर्जा, क्लिन सोसल कर्जा, व्यक्तिगत कर्जा, सवारी तथा घर कर्जा र डेबिट÷क्रेडिट कार्ड, मोबाइल बैंकिङमा विशेष छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ ।
बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र एनएमएका तर्फबाट अध्यक्ष डा. अनिलविक्रम कार्कीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।