२०८२ भदौ १८ गते बुधवार / Sep 03 , 2025 , Wednesday
२०८२ भदौ १८ गते बुधवार
Ads

दुसित थानी हिमालयन रिर्सोटले आइपिओ जारी गर्ने

shivam cement
मध्यान्ह
२०८२ भदौ १८ गते २१:१०
दुसित थानी हिमालयन रिर्सोटले आइपिओ जारी गर्ने

काठमाडौं : ओमस्टोन होटेल्स लिमिटेड (दुसित थानी हिमालयन रिर्सोट)ले प्रारम्भिक  साधारण सेयर निष्कासन आइपिओ जारी गर्ने भएको छ । आइपिओ जारी गर्न रिसोर्ट र सिटिजन्स क्यापिटल लिमिटेडबीच साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता भएको हो ।

सम्झौताअनुसार सिटिजन्स क्यापिटलले दुसित थानीको प्राथमिक सेयर सार्वजनिक निष्कासनका लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ । सो सम्झौतामा दुसित थानीको तर्फबाट अख्तियार प्राप्त प्रबन्ध निर्देशक रमेशकुमार हमाल र सिटिजन्स क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् । 

सम्झौता कार्यक्रममा संस्थापकका तर्फबाट प्रमुख विदेशी लगानीकर्ता विष्णु मोरको उपस्थिति पनि रहेको थियो । 

सन् २०२३ को चौथो  त्रैमासिकदेखि सञ्चालनमा आएको दुसित थानी हिमालयन रिर्सोट काभ्रेपलाञ्चोक स्थित पात्लेखेत, धुलिखेलमा अवस्थित छ । दुसित थानीले नेपालसहित विभिन्न १८ वटा देशमा सेवा प्रदान गर्दै आइरहेको छ र नेपालमा दुसित थानी हिमालयन रिर्सोट (ओमस्टोन होटेल्स लिमिटेड)ले यसको प्रतिनिधित्व गरेको छ ।

ADV

सम्बन्धित खबर

Advertise