२०८२ भदौ १८ गते बुधवार / Sep 03 , 2025 , Wednesday
२०८२ भदौ १८ गते बुधवार
Ads

दुग्ध किसानको बक्यौता कात्तिकभित्र दिने सहमति

shivam cement
मध्यान्ह
२०८२ भदौ १८ गते २१:०९
दुग्ध किसानको बक्यौता कात्तिकभित्र दिने सहमति

काठमाडौं : दुग्ध उत्पादक किसानको आन्दोलन तत्कालका लागि स्थगित भएको छ । 

बुधबार सरकार र आन्दोलनरत दुग्ध संघ–संस्थाबीच ६ बुँदे सहमतिपछि किसानहरूको आन्दोलन स्थगित भएको हो । किसानहरूले सरकारी संस्था दुग्ध विकास संस्थानबाटै १ अर्र्ब भुक्तानी लिन बाँकी छ भने निजी डेरीबाट समेत किसानहरू दुधको रकम नपाएपछि आन्दोलनमा उत्रिएका थिए । किसानको सबैभन्दा बढी बक्यौता दुग्ध विकास संस्थानसँग रहेको छ ।

सहमतिअनुसार गत असारसम्मको बक्यौता रकम आगामी असोज ५ गतेभित्र, साउन महिनासम्मको बक्यौता रकम असोज ३० गतेभित्र र भदौ महिनासम्मको बक्यौता रकम आगामी कात्तिक मसान्तभित्र भुक्तानी गर्ने सहमति भएको नेपाल डेरी एसोसिएसनको अध्यक्षमा प्रल्हाद दाहाल जानकारी दिए ।

त्यस्तै, दुग्ध उत्पादक सहकारी संस्थाहरूबाट लिइरहेको दुधको परिमाणमा कटौती नगर्ने र कात्तिक मसान्तभित्र सम्पूर्ण बक्यौता चुक्ता गर्ने सहमति भएको छ । त्यस्तै, सरकारले कृषकको दुधको न्यूनतम खरिद मूल्यमा देशैभरका उद्योगबाट दुध खरिद गर्ने गराउने सहमति भएको छ ।

ADV

सम्बन्धित खबर

Advertise