२०८२ भदौ १८ गते बुधवार / Sep 03 , 2025 , Wednesday
२०८२ भदौ १८ गते बुधवार
Ads

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था र राष्ट्रिय सहकारी नियमन प्राधिकरणबीच अन्तरक्रिया सम्पन्न

shivam cement
मध्यान्ह
२०८२ भदौ १७ गते २१:०५
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था र राष्ट्रिय सहकारी नियमन प्राधिकरणबीच अन्तरक्रिया सम्पन्न

काठमाडौं : नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था र राष्ट्रिय सहकारी नियमन प्राधिकरणबीच अन्तरक्रिया सम्पन्न भएको छ । सहकारी ऐन २०७४ मा भएको व्यवस्थाबमोजिम सहकारीहरूको नियमन र सुपरिवेक्षणका लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको समन्वयमा रोस्टर तयार गरी बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको नियामकीय लेखापरीक्षण गर्ने गराउनेसम्बन्धी व्यवस्था कार्यान्वयन तथा दुवै नियामकीय निकायको आपसी सहकार्यको सम्बन्धमा छलफल भएको हो ।

कार्यक्रममा सहकारी क्षेत्रको नियमन, अनुगमन, लेखापरीक्षण, सूचना आदानप्रदान तथा सहकार्यका विविध पक्षहरूमा गहन छलफल गरिएको थियो । छलफलमा संस्थाका तर्फबाट अध्यक्ष निलबहादुर सारु मगर, उपाध्यक्ष आनन्दराज शर्मा वाग्ले, पार्षद् सदस्यहरू, कार्यकारी निर्देशक तथा निर्देशकको उपस्थिति रहेको थियो । प्राधिकरणका तर्फबाट अध्यक्ष डा. खगराज शर्मा, विज्ञ सदस्य डा. रमेश चौलागाई, सदस्य सिए महेश खनाल तथा कार्यकारी निर्देशक शेषनारायण पौडेलको उपस्थिति रहेको थियो ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का अध्यक्ष सिए निलबहादुर सारु मगरले आइक्यान र प्राधिकरणबीच सहकारी ऐनको व्यवस्था कार्यान्वयन गर्न तथा प्राधिकरणसँग जनशक्ति विकास, ज्ञान तथा सिपको आदानप्रदान, प्राविधिक तथा अन्य विषयमा आपसी सहकार्य र समन्वय गर्न सकिने र यसका लागि दुई नियामकीय निकायबीच समझदारी गरेर औपचारिक रूपमा अगाडि बढ्न उपयुक्त हुने धारणा राखेका थिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise