२०८२ भदौ १८ गते बुधवार / Sep 03 , 2025 , Wednesday
२०८२ भदौ १८ गते बुधवार
Ads

इन्फिनिक्सको हट ६० प्रो प्लस र हट ६० प्रो बजारमा

shivam cement
मध्यान्ह
२०८२ भदौ १७ गते २१:०३
इन्फिनिक्सको हट ६० प्रो प्लस र हट ६० प्रो बजारमा

काठमाडौं : इन्फिनिक्सले नेपालमा नयाँ हट ६० प्रो सिरिज सार्वजनिक गरेको छ । यसअन्तर्गत दुई स्मार्टफोन हट ६० प्रो प्लस र हट ६० प्रो  बजारमा ल्याएको हो । 

आकर्षक डिजाइन, दमदार प्रदर्शन र आधुनिक सुविधासहित यी फोनहरूले मिड–रेन्ज स्मार्टफोनको स्तरलाई नै नयाँ उचाइमा पु¥याएको कम्पनीको दाबी छ ।

हट ६० प्रो प्लस नेपालमा यस सेगमेन्टमै पहिलो सबैभन्दा स्लिम फोन भएको कम्पनीको भनाइ छ । जुन ५.९५ एमएम पातलो र १५५ ग्राम तौल भएको हट ६० प्रो प्लस अहिले नेपालमै यो श्रेणीको सबैभन्दा स्लिम फोन भएको कम्पनीको दाबी छ ।

आकारमा पातलो भए पनि यसमा ५१६० एमएएच क्षमताको ब्याट्री ४५ डब्ल्यु फास्टचार्जको व्यवस्था रहेको छ । हट ६० प्रो प्लसको मूल्य २६ हजार ९ सय ९९  र हट ६० प्रो  २० हजार ९ सय ९९ रहेको छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise