काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
आज सुन तोलामा चार सय रुपैयाँले बढेर एक लाख ९९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुन तोलामा एक लाख ९९ हजार रुपैयाँमा कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।
आज चाँदी तोलामा १० रुपैयाँले बढेर दुई हजार तीन सय ५५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदी दुई हजार तीन सय ४५ रुपैयाँमा कायम भएको थियो ।