काठमाडौं : हंसराज हुलासचन्द एन्ड कम्पनीले दसैं र तिहारजस्ता नेपालका ठुला पर्वलाई लक्षित गरेर ‘बजाज प्रिमियर लिग’ सार्वजनिक गरेको छ । हरेक नयाँ बजाज मोटरसाइकल खरिदकर्ताले क्रिकेटको स्कोरिङ शैलीमै जति धेरै रन, त्यति धेरै नगद पुरस्कार पाउनेगरी कम्पनीले सो योजना ल्याएको हो ।
कम्पनीका अनुसार बजाज प्रिमियर लिगको मुख्य आकर्षणका रूपमा ‘जति धेरै रन, त्यति धेरै पुरस्कार’ सातै प्रदेशबाट हरेक हप्तामा ५० हजार नगद उपहार प्राप्त गर्नेछन् । यस्तै त्यस्तै, हप्ताको उत्कृष्ट प्रदर्शन गर्ने ग्राहकलाई प्लेयर अफ द विक घोषणा गर्ने र १ लाख नगद पुरस्कारसमेत व्यवस्था छ ।
बजाजको यस क्याम्पेनमा बजाज मोटरसाइकल खरिदकर्ताले नगद पुरस्कारको साथमा क्रिकेटसँग जोडिएका अनौठा अनुभवहरू पनि साट्न पाउने जनाइएको छ ।