२०८२ भदौ ११ गते बुधवार / Aug 27 , 2025 , Wednesday
२०८२ भदौ ११ गते बुधवार
Ads

प्रभुका ग्राहकलाई मार्फा प्यालेसको सेवामा छुट हुने

shivam cement
मध्यान्ह
२०८२ भदौ ११ गते २०:४०
प्रभुका ग्राहकलाई मार्फा प्यालेसको सेवामा छुट हुने

काठमाडौं : प्रभु बैंकका ग्राहकलाई घरपझोङ गाउँपालिका २ मार्फास्थित मार्फा प्यालेस होटलको सेवामा छुट हुने भएको छ । बैंक र प्यालेसबीच भएको समझदारीअनुसार बैंकका ग्राहकलाई प्यालेसको सेवामा छुट हुने भएको हो ।

एक समारोहबीच मार्फा प्यालेस होटलका तर्फबाट केशव रिजाल र प्रभु बैंकतर्फबाट जोमसोम क्ल्स्टर प्रमुख तथा जोमसोम शाखाका शाखा प्रबन्धक नरेन्द्र थकालीले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका थिए ।

सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीले बैंकको डेबिड/क्रेडिट कार्ड तथा बैंकको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा मार्फा प्यालेस होटलमा उपलब्ध आवास, खाना तथा मनोरञ्जनलगायतका सेवामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

प्रभु बैंक र मार्फा प्यालेस होटलबीच भएको सो साझेदारीले मुस्ताङमा पर्यटनको प्रवर्धन हुनुका साथै बैंकका ग्राहक पनि लाभान्वित हुने अपेक्षा गरिएको छ ।

ADV

सम्बन्धित खबर

Advertise