२०८२ भदौ ११ गते बुधवार / Aug 27 , 2025 , Wednesday
२०८२ भदौ ११ गते बुधवार
Ads

एकै महिनामा एक अर्ब ५० करोडको पेट्रोलियम पदार्थ आयात

shivam cement
मध्यान्ह
२०८२ भदौ ११ गते ०७:३८
एकै महिनामा एक अर्ब ५० करोडको पेट्रोलियम पदार्थ आयात

झापा : चालु आर्थिक वर्षको पहिलो महिनामा काँकडभिट्टाबाट रु. एक अर्ब ५० करोड १३ लाख ६५ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । 

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार आव २०८१/८२ को सोही अवधिको तुलनामा रु. पाँच करोड २२ लाख अर्थात् तीन दशमलव ६० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा वृद्धि भएको छ । आयातमा सामान्य वृद्धि भएसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व पनि ११ दशमलव ८० प्रतिशत अर्थात् रु. सात करोड ९१ लाख ५३ हजारले बढेको उनले बताए ।

पेट्रोलियम पदार्थ आयातबाट रु ७४ करोड ८३ लाख ३२ हजार राजस्व संकलन भएको छ । उक्त अवधिमा रु ७७ करोड तीन लाखको आठ हजार ९०४ किलोलिटर पेट्रोल आयात भएको थियो भने रु. ४४ करोड ११ लाखको चार हजार ६७६ किलोलिटर डिजेल आयात भएको छ ।

त्यसैगरी, रु. २० करोड तीन लाखको एक हजार ९३३ मेट्रिक टन एलपी ग्यास, रु. सात करोड तीन लाखको सात सय ९२ किलोलिटर एटीएफ र रु. एक करोड १३ लाख मूल्यको एक सय २८ किलोलिटर मट्टितेल आयात भएको छ ।

ADV

सम्बन्धित खबर

Advertise