काठमाडौं : नेपाल एसबिआई बैंकले चौदण्डीगढी नगरपालिकालाई सिसिटिभी प्रदान गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाको सुरक्षा व्यवस्था अभिवृद्घि गर्ने उद्देश्यले सिसिटीभी हस्तान्तरण गरेको हो ।
बैंकका कोशी प्रदेश प्रमुख, रबिन घिमिरेले नगरपालिकाका उप–मेयर, मनिकादेवी दुलाललाई एक कार्यक्रमकाबीच उक्त सामाग्रीहरू हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा बैंक तथा नगरपालिकाका अन्य उच्च पदाधिकारी समेतको उपस्थिति रहेको थियो । बैंकले समुदाय स्तरमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको जनाएको छ ।