२०८२ असार ६ गते शुक्रवार / Jun 20 , 2025 , Friday
२०८२ असार ६ गते शुक्रवार
Ads

राप्रपासँगै रास्वपाले पनि गर्‍यो संसद बैठक बहिष्कार

shivam cement
मध्यान्ह
२०८२ असार ६ गते १२:२७
राप्रपासँगै रास्वपाले पनि गर्‍यो संसद बैठक बहिष्कार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको अडान राख्दै नाराबाजी र वेल घेराउ गर्दै बैठकबाट बाहिरिएका हुन् ।

आज प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै रास्वपा र राप्रपा सांसदहरुले विरोध जनाएका थिए । आजको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम तय भएको थियो ।

तर रास्वपा र राप्रपाले सदन अवरोधको कार्यक्रम निरन्तर जारी राखेपछि सभामुख देवराज घिमिरेले उक्त कार्यक्रम स्थगित भएको सुनाए । त्यसपछि राप्रपा र रास्वपा सांसदहरु बैठकबाट बाहिरिएका हुन् ।

ADV

सम्बन्धित खबर

Advertise