२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

कविता : अलास्का र पाइकाहरू !

Nada
२०८२ जेठ २४ गते ०६:०५
Shares
कविता : अलास्का र पाइकाहरू !

–गणेश लोहनी 

ncell

महाभारत शृङ्खलाका सरशैय्यामा 
विश्राम गरिरहेका महापराक्रमी
सर्वाधिक वयोवृद्ध
सर्वमान्य श्वेताम्बरी
कौरव सेनापति भीष्म पितामहजस्तै
सदावहार श्वेताम्बरी
अमेरिकाको सुदूर उत्तरी 
सदावहार हिमाच्छादित भूखण्ड अलास्का !
अनि सञ्चयकलामा माहुरी 
र नेताहरूलाई मात गर्ने
चट्टानी कुनाकन्दराबासी 
खरायो उपप्रजातिको
हिमवत्खण्डको 
सुन्दर जीव पाइका
अलास्का र पाइकाहरू !
त्यस्तै, अर्को चिसो
अलास्का खाल्डो छ
जहाँ चार भञ्ज्याङ्बाट
पुच्छर नभएका
अलि फरक
जैविक प्रजातिका
पाइकाहरू! पस्ने गर्दछन् 
र फर्कँनै जान्दैनन्
बरू तल्लीन रहन्छन्
मामली ससुराली, सालीतिरका
सात पुस्ता चचेरा, मितेरा
सन्ततिका
सत्र पुस्तालाई पुग्ने गरी
ढुकुटी भर्न
यो भानुको अलकापुरी
भूपीको चिसो आस्ट्रे
अनौठो चिसो खाल्डो
अलका स्वर्ण भूमि बनेकोको छ
पाइकाको दानवी लालची
नेपाली रूप पाइका
कठै ! 
अलका र नाइकाहरू !
आहा !
अलास्का र पाइकाहरू !!

सम्बन्धित खबर