२०८२ जेठ ५ गते सोमवार / May 19 , 2025 , Monday
२०८२ जेठ ५ गते सोमवार
Ads

फेमिस संचालनमा विभागका कर्मचारीको भूमिकामाथि प्रश्न

२०८२ जेठ ५ गते ०६:१५
फेमिस संचालनमा विभागका कर्मचारीको भूमिकामाथि प्रश्न

काठमाडौं : महालेखापरीक्षकको कार्यालयले वैदेशिक रोजगार व्यवसाय कोषको रकम परिचालनसँगै वैदेशिक रोजगार विभागले संचालनमा ल्याएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली परिचालनमा कर्मचारीको भूमिकामा प्रश्न उठाएको छ ।

आफ्नो प्रतिवेदनमा महालेखापरीक्षकको कार्यालयले विभागले संचालनमा ल्याएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) संचालनमा कर्मचारीले कार्यालय परिसर बाहिरबाट संचालन गर्दा अनियमितता र सूचनाको सुरक्षाको जटिलता बढाएको औंल्याएको छ ।

सेवाग्राहीको व्यक्तिगत र सेवा प्रवाहसँग सम्बन्धित सूचनाको सुरक्षाका लागि आवश्यक प्रबन्ध गरिनुपर्ने भन्दै प्रतिवेदनमा महालेखाले भनेको छ, ‘कार्यालयका कर्मचारीहरूले जुनसुकै आईपी एड्रेसबाट प्रणाली संचालन गरेको पाइयो । कार्यालय प्रमुख तथा अधिकृत कर्मचारीहरूले श्रम स्वीकृतिसम्बन्धी सिफारिस, प्रमाणित, स्वीकृत गर्ने कार्य कार्यालय समयभन्दा बाहिर अनधिकृत आईपी एड्रेसमार्फत गर्दा अनियमित र सूचनाको जटिलता हुने भएकाले कार्यालयको आईपी एड्रेसबाट मात्र प्रणाली संचालन गर्ने व्यवस्था मिलाउनुपर्छ ।’

ADV

सम्बन्धित खबर